+

बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित

२०८२ असार  ४ गते १८:१४ २०८२ असार ४ गते १८:१४
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बिलि जिन किङ कपमा बुधबार दोस्रो जित हासिल गरी समूह ‘बी’ मा कतारलाई ३–० ले पराजित गर्‍यो।
  • नेपालले पहिलो खेलमा म्यान्मारलाई २–१ ले जितेको थियो र दोस्रो खेलमा कतारलाई हराएको छ।
  • नेपालकी टेनिस खेलाडीहरूले श्रीलंकामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।

४ असार, काठमाडौं । नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोश्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्‍यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।

श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन् । डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए ।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासंग खेल्ने टिम अफिसियल समेत रहेका नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।

बिलि जिन किङ कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय