+
+
Shares

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते २२:४३

४ असार, काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

ज्योतिलाई लिएर उक्त टोली केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?