+
+
Shares

सिटिजन्स सदाबहार योजनामा असार १३ देखि आवेदन खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स म्युचुअल फन्डको \'सिटिजन्स सदाबहार योजना\' असार १३ देखि आवेदन खुल्नेछ।
  • अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ।
  • योजनाको ५ करोड इकाइमध्ये ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गर्नेछ।

५ असार, काठमाडौं । सिटिजन्स म्युचुअल फन्डमा असार १३ गतेदेखि आवेदन खुल्ने भएको छ । सिटिजन्स बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुन लागेको ‘सिटिजन्स सदाबहार योजना’ खुल्लामुखी हो । कुल ५ करोड इकाइमध्ये ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा निष्कासन हुन लागेको हो ।

अंकित मूल्य १० का दरले न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिनेछ । छिटोमा असार १७ र ढिलोमा २७ गतेसम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक तथा योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले जनाएको छ ।

खुल्लामुखी योजना भएकाले पछि पनि तोकिएका वितरकमार्फत योजना खरिद तथा बिक्री गर्न सकिनेछ । खुलामुखी योजना बजारमा सूचीकृत हुँदैनन् । तोकिएका केन्द्रबाट चाहेको समयमा योजना बिक्री गर्न सकिनेछ ।

संकलित रकमबाट सेयर बजारमा अधिकतम ७५ प्रतिशत, मुद्दती निक्षेपमा १०, कल निक्षेपमा ५ र ऋणपत्रमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने अधिकतम सीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?