News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले नेदरल्याण्ड्स विरुद्ध खेल्न टोलीमा तीन परिवर्तन गरेको छ।
- भीम सार्कीले टी-२०आईमा पहिलो पटक खेल्दै छन्।
- नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
५ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध खेल्ने नेपालको टोलीमा तीन परिवर्तन गरिएको छ ।
अघिल्लो खेलमा खेलेका अनिल साह, बसिर अहमद र किरण ठगुन्ना बाहिरिँदा आसिफ शेख, आरिफ शेख र भीम सार्की सुरुवाती रोजाइमा आएका छन् ।
भीमको यो टी-२०आईमा डेब्यू हुनेछ । उनले नेपालका लागि ओडिआईमा ३२ खेल खेलेपनि टी-२०आईमा भने खेलेका छैनन् ।
यसअघि नेपालका लागि किरण ठगुन्ना र रुपेश सिंहले पनि यसै शृंखलामा डेब्यू गरेका थिए । भीम नेपालको ५२औं टी-२०आई खेलाडी भएका छन् ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै छ ।
प्रतिक्रिया 4