+
+
Shares

इलाममा लम्पीस्किन संक्रमित गोरु मर्‍यो, १०६ चौपाया संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते २०:०७
माई नगरपलिका अशक्त अवस्थामा रहेको संक्रमित बाच्छी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाममा यस वर्ष पहिलो पटक ‘लम्पी स्किन’ संक्रमणबाट गोरुको मृत्यु पुष्टि भयो।
  • भेटरिनरी केन्द्रले ९ वटा पालिकामा प्रकोप देखिएको र रोकथामका लागि खोप र सतर्कता अपनाउन आग्रह गरेको छ।
  • संक्रमित जनावरलाई अलग राख्न र तुरुन्त निकायसँग सम्पर्क गर्न पशुपालकहरूलाई सुझाव दिइएको छ।

५ असार, इलाम । इलाममा यस वर्ष पहिलो पटक ‘लम्पी स्किन’ संक्रमणबाट गोरुको मृत्यु भएको पुष्टि भएको छ । इलामको रोङ गाउँपालिकामा संक्रमित गोरु मरेको हो । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलामका प्रमुख राघवेन्द्र तिवारीले लम्पीका कारण गोरुको मृत्यु भएको पुष्टि गरे ।

यस वर्ष मात्रै इलामका १० पालिकामध्ये ९ वटा पालिकामा लम्पीस्किन रोगको प्रकोप देखिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलामले जानकारी दिएको छ । सबैभन्दा धेरै संक्रमित चौपाया माई नगरपालिकामा ३० वटा भेटिएको छ ।

त्यसपछि रोङ गाउँपालिकामा २५, फाकफोकथुम गाउँपालिकामा १४, देउमाई नगरपालिकामा १२, माईजोगमाई गाउँपालिकामा ७, सुर्योदय र चुलाचुली गाउँपालिकामा ५/५, र माङ्सेवुङ तथा इलाम नगरपालिकामा ४/४ चौपाया संक्रमित भएका छन् । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय निकायसँग समन्वय गरी लम्पीविरुद्धको खोपलाई तिब्र पारेको छ भने निगरानी र रोकथामको काम अघि बढाइएको छ ।

संक्रमण रोकथामका लागि केन्द्रले पशुपालकहरूलाई सतर्क रहन, संक्रमित जनावर अलग राख्न र तुरुन्त नजिकको भेटरिनरी, पालिका वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?