+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वाणिज्य विभागको निर्देशन : वस्तु बिक्री गरेकै बेला क्रेतालाई बिल वा रसिद दिनू

विभागले सूचना जारी गर्दै व्यवसायीहरूलाई वस्तु बिक्री गरेको बिल वा रसिद क्रेतालाई अनिवार्य रूपमा वस्तु बिक्री गरेकै बेला जारी गर्न निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते २०:५९

५ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसिद जारी गर्न निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै व्यवसायीहरूलाई वस्तु बिक्री गरेको बिल वा रसिद क्रेतालाई अनिवार्य रूपमा वस्तु बिक्री गरेकै बेला जारी गर्न निर्देशन दिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ११ को ९६० बमोजिम वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिकी गरेपछि त्यसको बिल वा रसिद दिनुपर्ने व्यवस्था छ ।

यस्तै सोही ऐनको दफा १६ को उपदफा ९२० को (ञ) बमोजिम बिक्री गरेको वस्तु वा सेवाको बिलबिजक जारी गर्न इन्कार गर्ने वा बिलबिजक जारी नगर्ने वा बिलबिजक जारी गर्दा थप रकम माग गर्ने कार्य गरे अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने सूचनामा उल्लेख छ ।

यदि विक्रेताले बिल वा रसिद उपलब्ध नगराए प्रचलित कानुन बमोजिम कारबाही गरिने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?