+

एभरेष्ट महिला भलिबल लिग भदौको अन्तिममा हुने

२०८२ असार  ६ गते १५:०० २०८२ असार ६ गते १५:००
एभरेष्ट महिला भलिबल लिग भदौको अन्तिममा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म आयोजना हुनेछ।
  • नेपाल भलिबल संघले मितिलाई स्वीकृति दिएर तयारी अघि बढाएको आयोजकले जनाएको छ।
  • गत वर्षको उपाधि कर्णाली यशविसले जितेको थियो।

६ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौमा आयोजना हुने भएको छ ।

लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गते (सेप्टेम्बर ५ देखि १३)सम्म हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

इडब्लुभिएल आयोजनाका लागि नेपाल भलिबल संघ (एनभीए)ले उक्त मितिलाई स्विकृति दिइसकेको र त्यसै अनुसार तयारी अघि बढाएको आयोजकले जनाएको छ ।

गत वर्ष पहिलो पटक आयोजना भएको इडब्लुभिएको उपाधि कर्णाली यशविसले जितेको थियो ।

पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय