+
+
Shares

सांसद घर्तीको टिप्पणी : केन्द्रीकृत बजेट आयो र प्रदेश र स्थानीय तहमाथि हस्तक्षेप बढायो

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संघीयतालाई आत्मसाथ गर्ने भन्दा उल्टो केन्द्रीकरणको प्रवृति प्रकट भएको देखिन्छ । यसले स्थानीय र प्रदेश सरकारको अधिकारमा अतिक्रमण मात्रै नभएर समग्र शासन व्यवस्थामाथि नै प्रश्न उठाएको छ’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले संघीय सरकारले केन्द्रीकृत बजेट ल्याएको टिप्पणी गरे।
  • उनले यसले स्थानीय र प्रदेश सरकारको अधिकारमा अतिक्रमण र शासन व्यवस्थामा प्रश्न उठाएको बताए।
  • सांसदले बजेटले जिल्ला तहको योजना कार्यान्वयनलाई संघले नै गर्नुपर्ने व्यवस्था गलत भएको बताए।

६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले केन्द्रीकृत मानसितकताबाट संघीय सरकारले बजेट ल्याएको भनेर टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संघीयतालाई आत्मसाथ गर्ने भन्दा उल्टो केन्द्रीकरणको प्रवृति प्रकट भएको देखिन्छ । यसले स्थानीय र प्रदेश सरकारको अधिकारमा अतिक्रमण मात्रै नभएर समग्र शासन व्यवस्थामाथि नै प्रश्न उठाएको छ’ उनले भने ।

संघको जिम्मेवारी नीति निर्माण गर्ने भएको तर, बजेटले जिल्ला तहले समेत बजेट कार्यान्वयन गर्ने भनेर आएको उनले बताए ।

प्रदेश र स्थानीय तहले सञ्चालन गर्न सक्ने योजनालाई संघले नै कार्यान्वयन गर्ने गरी जिल्ला तहको संरचना राख्ने र त्यसमार्फत बजेट कार्यान्वयन गर्ने नीति गलत रहेको उनले बताए ।

प्रदेश र स्थानीय तहको भूमिका संकुचित गर्ने गरी बजेट आएको भन्दै उनले सत्तारुढ दलकै सांसदहरूले समेत गम्भीर समीक्षा गर्नुपर्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?