+

सुकुटेमा बिच रग्बी प्रतियोगिता हुने

२०८२ असार  ६ गते १६:५८ २०८२ असार ६ गते १६:५८
सुकुटेमा बिच रग्बी प्रतियोगिता हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो पटक महिला बिच रग्बी प्रतियोगिता आयोजना हुने भएको हो।
  • प्रतियोगिता असार ८ र ९ गते सिन्धुपाल्चोकको सुकुटे बिचमा हुनेछ।
  • छ वटा महिला टिम सहभागी हुने र पुरस्कार सहित सम्मान गरिनेछ।

६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२५ को अवसरमा नेपालमा पहिलो पटक महिला बिच रग्बी प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल रग्बी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद् तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा प्रथम बागमती बिच रग्बी महिला प्रतियोगिता–२०२५ यही असार ८ र ९ गते सिन्धुपाल्चोकको सुकुटे बिचमा हुने भएको हो।

प्रतियोगितामा तीन प्रदेश (कर्णाली, बागमती र मधेश) र तीन राष्ट्रियस्तरका क्लब (गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब, सिन्धुपाल्चोक रग्बी क्लब) गरी ६ वटा महिला टिमको सहभागिता रहनेछ। प्रतियोगिता लिग चरणमा खेलाइनेछ, जसअनुसार प्रत्येक टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको अनुमानित खर्च १३ लाख रुपैयाँ रहेको छ। सहभागी टिमहरूका लागि काठमाडौंदेखि सुकुटे सम्मको यात्रा तथा होटल बसोबासको व्यवस्था आयोजकले गर्नेछ।

विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई मेडल र प्रमाणपत्र दिइनेछ। साथै, दुबै टिमलाई फन प्याकेज समेत प्रदान गरिनेछ। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी र उदीयमान खेलाडी एक–एक जना छनोट गरी ट्रफीसहित सम्मान गरिनेछ। अन्य सहभागी टिमहरूलाई प्रमाणपत्र वितरण गरिनेछ।

एसिया रग्बीले अघि सारेको ‘बिल्डिङ अ ग्रीनर फ्युचर थ्रु रग्बी एन्ड सस्टेनिबिलिटी’ अभियानअनुसार ‘अ ट्राइ अ ट्री’ कार्यक्रम पनि यस प्रतियोगितामा निरन्तरता दिइनेछ।

प्रतियोगिताको मूल नारालाई ‘रग्बी फन विथ सन, स्यान्ड एन्ड वेभ्स’ तय गरिएको छ, जसले रमाइलो वातावरणमा रग्बी खेल र वातावरणप्रति सचेतना दुवैलाई जोड्ने उद्देश्य बोकेको छ।

महिला बिच रग्बी प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय