News Summary
Generated by OK AI. Editorially reviewed.- १०औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भयो, जसमा ७ प्रदेशका करिब ५०० खेलाडी सहभागी छन्।
- ध्रुव आचार्यले खेलको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे र संघ नेतृत्वको कदमको सराहना गरे।
- प्रतियोगिताले हाप्किडो खेलको विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
६ असार, काठमाडौं । १०औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले हाप्किडो खेलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी उनले नेपालमा हाप्किडो खेलको विकासमा संघ नेतृत्वले खेलेको कदमको पनि सराहना गरे ।
प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता छ । प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए । उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो ।
दुईदिने प्रतियोगिताले रुपन्देहीका हाप्किडो खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नेपाल हाप्किडो सघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडोमा आवद्ध हरेक व्यक्तिले शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया 4