+

बिली जिन किङ कपमा नेपाल पाँचौं

२०८२ असार  ६ गते २२:२५ २०८२ असार ६ गते २२:२५
बिली जिन किङ कपमा नेपाल पाँचौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले श्रीलंकाको कोलम्बोमा भएको बिलि जिन किङ कपमा पाँचौं स्थान हासिल गर्यो।
  • नेपालले शुक्रबार भएको ‘प्लेअफ’मा ताजकिस्तानलाई २–१ ले पराजित गर्यो।
  • नेपालले समूह चरणमा म्यान्मार र कतारलाई जित्यो, तर श्रीलंकाले नेपाललाई पराजित गर्यो।

६ असार, काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको बिलि जिन किङ कपमा नेपालले पाँचौं स्थान हासिल गरेको छ । शुक्रबार भएको ‘प्लेअफ’मा नेपालले ताजकिस्तानलाई २–१ ले पराजित गर्दै पाँचौं भएको टिम अफिसियल अजय विष्टले जनाएका छन् । ताजकिस्तान छैटौं स्थानमा रह्यो ।

पहिलो सिंगल्सको पहिलो सेटमा सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई ७–५ ले पछि पारिन् । त्यसपछि स्वस्तिका ‘रिटायर्ड हर्ट’ भइन् ।

दोस्रो सिंगल्समा नेपालकी सुनिरा थापाले अनिशा याख्येभालाई ७–५ र ६–२ ले पराजित गरिन् । डबल्समा सुनिरा र अभिलाषा विष्टको जोडीले साइयोरा राजाबलिभा र सुमायाको जोडीलाई ६–३ र ६–१ ले हराए ।

योसहित नेपालले प्रतियोगितामा ३ खेल जित्यो । यसअघि समूह चरणको खेलमा नेपालले म्यान्मारलाई २–१ तथा कतारलाई ३–० ले पन्छाएको थियो । त्यस्तै, श्रीलंकाले नेपाललाई ३–० ले पाखा लगाएको थियो । नेपाल समूह ‘बी’ मा थियो ।

ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित सात राष्ट्र सहभागी थिए । श्रीलंका पहिलो, तुर्कमिनिस्तान दोस्रो, म्यान्मार तेस्रो, पाकिस्तान चौथो र कतार सातौं स्थानमा रहे ।

श्रीलंकाले अब ग्रुप २ मा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । पहिलो हुने राष्ट्र ग्रुप २ मा पुग्ने प्रावधान छ ।

बिलि जिन किङ कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय