+
+
Shares

विपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते ८:००
फाइल तस्वीर

७ असार, काठमाडौं । विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

वर्षाका कारण सडक प्रभावित हुने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि उक्त खण्डमा सवारी साधनलाई निषेध गरेको हो । साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्मलाई निषेध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचना जारी गर्दै विपतको अवस्था सिर्जना हुने भएकोले रातिको समयमा निषेध गरिएको उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रे, सिन्धुली र रामेछापको संयुक्त बैठकले यो क्षेत्रमा रातिको समयमा सवारी साधनलाई निषेध गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?