+
+
Shares

तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते २०:५९

७ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारामा गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक जना यात्रु घाइते भएका छन् ।

शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना ५ ख ४८६६ नम्बरको यात्रुबाहक बस बेलचौताराको मोडमा पुगेको बेला ढोका खुला भएकै अवस्थामा एक यात्रु असन्तुलन भइ सडकमा खसेका हुन् ।

घटनापछि स्थानीय बासिन्दाले तत्काल घाइतेलाई उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा भर्ना गराएका छन् । घाइतेको अवस्था गम्भीर नरहेको र स्वास्थ्य सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ढोका गुडिरहेको अवस्थामा खुला राखिएकोले दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?