+
+
Shares

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने घोषणा गरेको छ।
  • यसअघि ट्रम्प कम्तिमा ३ पटक नोबेल शान्ति पुरस्कारका लागि सिफारिस भएका थिए तर पुरस्कार भने पाएका छैनन् ।
  • हालसम्म अमेरिकाका चार जना पूर्वराष्ट्रपतिहरुले विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार पाएका छन् ।

८ असार, काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ ।

गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई कारण देखाउँदै पाकिस्तान सरकारले यस्तो घोषणा गरेको हो ।

एक्स (पूर्व ट्विटर) मा पाकिस्तान सरकारले भनेको छ, ‘हालैको भारत–पाकिस्तान संकटका बेला ट्रम्पको निर्णायक कूटनीतिक हस्तक्षेप र महत्वपूर्ण नेतृत्वलाई सम्मान दिँदै उनलाई नोबेल शान्ति पुरस्कार दिनु उपयुक्त हुन्छ ।’

भारतले भने गत महिनाको द्वन्द्व अन्त्य गर्न अमेरिका  मध्यस्थकर्ताको भूमिकामा रहेको भन्ने दाबी अस्वीकार गर्दै आएको छ । भारतले तेस्रो पक्षबाट कूटनीतिक हस्तक्षेप नचाहेको स्पष्ट पारेको छ ।

ट्रम्पले यसअघि पनि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबरमा हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसअघि सन् २०१८, सन् २०२० र सन् २०२३ मा नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका थिए । तर पुरस्कार भने पाएका छैनन् ।

हालसम्म अमेरिकाका चार जना पूर्वराष्ट्रपतिहरुले विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार पाएका छन् ।

सन् १९०६ मा थियोडोर रुजबेल्टले, सन् १९१९ मा उड्रो विल्सनले, सन् २००२ मा जिम्मी कार्टरले र सन् २००९ मा बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?