News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा क्लब विश्वकपमा इन्टर मिलानले उरावा रेड डायमण्ड्सलाई २–१ ले पराजित गरेको छ ।
- इन्जुरी टाइममा भ्यालेन्टिन कार्बोनीले गरेको गोलमा इन्टरले पुनरागमन जित निकालेको हो ।
- उरावाले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि जोगाउन सकेन ।
८ असार, काठमाडौं । फिफा क्लब विश्वकपमा इन्टर मिलानले संघर्षपूर्ण पुनरागमन जित निकालेको छ । समूह इ अन्तर्गत शनिवार राति भएको खेलमा एक गोलले पछि परेको स्थिली उल्टाउँदै इन्टरले जापानी क्लब उरावा रेड डायमण्ड्सलाई २–१ ले हराएको हो ।
उरावाका लागि ११औं मिनेटमा र्योमा वाटनाबेले टाकुरो कानेकोको पासमा गोल गर्दै सुरुवातमा नै अग्रता दिलाएका थिए । त्यसपछि इन्टरले गोल फर्काउन दोस्रो हाफको पनि लामो समयसम्म कुर्नुपरेको थियो ।
७८औं मिनेटमा इन्टरका लागि कप्तान लाउटारो मार्टिनेजले निकोलो बारेलाको कर्नर पासमा शानदार भली गोल गर्दै बराबरी ल्याए । त्यसपछि इन्जुरी टाइमको दोस्रो मिनेटमा भ्यालेन्टिन कार्बोनीले फ्रान्चेस्को एस्पोसिटोको रिबाउन्डमा गोल गर्दै इन्टरलाई नाटकीय जित दिलाए ।
यस जितपछि इन्टरले २ खेलबाट ४ अंक जोडेको छ । लगातार दुई हारपछि उरावा अंकविहीन रहँदै पुछारमा छ ।
प्रतिक्रिया 4