+
+
Shares

एमाले निकट शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ९:५०

८ असार, काठमाडौं । नेकपा एमाले निकटका शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव हुन् ।

काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।

यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?