
News Summary
Generated by OK AI. Editorially reviewed.- गीत ‘दुश्मन हेरेको हेर्यै’ले युट्युबमा १० करोडभन्दा बढी भ्यूज प्राप्त गरी ग्लोबल ट्रेन्डिङमा परेको हो।
- गीतको लोकप्रियताका कारण भारतीय प्रशंसकले हिन्दी संस्करण पनि ल्याएका थिए।
- स्पोटीफाईमा यसले कमजोर भ्यूज प्राप्त गरेको छ, जहाँ ५ लाख ७५ हजार पटक हेरिएको छ।
काठमाडौं । दुर्गेश थापाद्वारा संगीतबद्ध गीत ‘दुश्मन हेरेको हेर्यै’ले युट्युबमा १० करोड भ्यूज प्राप्त गरेको छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको यो गीतलाई लोभलाग्दो भ्यूज प्राप्त भएको हो ।
शनिबार राती यो गीतलाई १० करोडभन्दा धेरै पटक हेरिएको हो । नेपालसहित विदेशबाट समेत धेरै हेरिएको यो गीत टिकटक र रिल्समा धेरै भिडियो बनाइने भिडियोअन्तर्गत पर्छ ।
यतिसम्मकी यो गीतको लोकप्रियताकै कारण भारतीय प्रशंसकले हिन्दी संस्करणमा गीत ल्याएका थिए । युट्युब र युट्युब म्युजिकको दुई थरी प्लाटफर्ममा झण्डै डेढ महिनासम्म यो गीत स्ट्रिमिङ भएको थियो ।
दुर्गेशको शब्द र संगीत रहेको गीतमा उनीसहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर थियो । गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली लगायतले अभिनय गरेका थिए ।
तर, विश्व म्युजिकको चर्चित प्लेटफर्म स्पोटीफाईमा भने यसले कमजोर भ्यूज प्राप्त गरेको छ । स्पोटीफाईमा यो गीतलाई अहिलेसम्म ५ लाख ७५ हजार पटक हेरिएको छ ।
प्रतिक्रिया 4