
८ असार, काठमाडौं । ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ ।
आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । यस्तो भनाइ राख्ने क्रममा उनले बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए ।
‘बजेट पाएका चार/पाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ति जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?’ सांसद सिंहले भने ।
तर, उनको यस्तो अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भनेर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गरे । त्यसपछि सभामुख घिमिरेले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति असंसदीय रहेको भनेर संसदीय रकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए ।
प्रतिक्रिया 4