+

नेपालमा मोटरस्पोर्ट्सको सम्भावना र अबको बाटो

२०८२ असार  ८ गते १६:०९ २०८२ असार ८ गते १६:०९

मोटरस्पोर्ट्सका लागि नेपालमा अझैसम्म पनि आवश्यक निति भौतिक पूर्वाधारहरू बनिसकेको छैन । तैपनि नेपालमा मोटरस्पोर्ट्स अन्तर्गत विभिन्न इभेन्टहरू आयोजना हुँदै आएका छन् ।

नेपालमा मोटरस्पोर्ट्सको सम्भावना र अबको बाटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्समा ‘२४ हावर्स ले मान्स इभेन्ट’ सम्पन्न भयो, जुन विश्वकै लामो र कठिन मोटर रेस हो।
  • नेपालमा मोटर स्पोर्ट्स गतिविधिहरू विस्तार हुँदैछन् र अन्तर्राष्ट्रिय सहभागिता बढ्दैछ।
  • एफआईए र नासा नेपालले विभिन्न सम्मेलन, छलफल र कार्यक्रमहरू आयोजना गरी मोटर स्पोर्ट्स प्रवर्द्धन गरिरहेका छन्।

८ असार, काठमाडौं । केही दिनअघि मात्रै फ्रान्समा ‘२४ हावर्स ले मान्स इभेन्ट’ सम्पन्न भयो । मोटर स्पोर्ट्स अन्तर्गतको यो इभेन्टमा लगातार २४ घण्टासम्म रेसमा सहभागी हुनुपर्छ । जुन विश्वकै चर्चित र कठिन मोटर रेसमा पर्छ । यो विश्व मोटरस्पोर्ट्समा लामो रेस मध्येमा पर्छ ।

विश्वमा पछिल्लो समयम फर्मुला वान देखि डकार र्‍यालीसम्म विभिन्न खालका चर्चित मोटर स्पोर्ट्स इभेन्टहरू आयोजना हुँदै आएका छन् ।

यस्तै वर्ल्ड र्‍याली च्याम्पियनसिप देखि ड्रयाग रेसिङसम्म इभेन्टरू हुँदै आएका छन् । यस्तै मोटरसाइकलमा चर्चित मोटो जिपी पनि आयोजना हुन्छ । हामी यी सबै इभेन्टहरू टेलिभिजनमा लाइभ हेरेर मज्जा लिने गर्छौं ।

नेपालमा पनि पछिल्लो समयमा मोटर स्पोर्ट्सका गतिविधिहरू हुन थालेका छन् । यसमा खेलाडीहरूको संख्या विस्तारै बढ्दो छ । नेपाली रेसर, ड्राइभरहरूले पनि विदेशमा गएर विभिन्न अन्तर्राष्ट्रिय रेसिङ/इभेन्टहरूमा सहभागिता जनाउँदा थालेका छन् । केहीले अन्तर्राष्ट्रिय स्तरमा अवार्ड समेत जितेका छन् ।

विशेषगरी मोटर स्पोर्टसमा अटोमोबिल र मोटरसाइकल जस्ता साधनहरू प्रयोग हुने भएकोले यसमा मुख्य विधाको खेलको जस्तो चर्चा नेपालमा हुन सकेको छैन ।

अटोमोबाइल मोबिलिटी जस्ता क्षेत्रलाई हेर्ने अनुगमन गर्ने विश्वको सर्वोच्च संस्था इन्टरनेसनल फेडेरेसन डे अटोमोबिल-एफआईए (अन्तर्राष्ट्रिय अटोमोबिल महासंघ) हो । जसले विशेषगरी विश्वमा हुने फोर ह्विलर (चार पाङग्रे) साधनहरूको रेस गेमहरू आयोजना गर्ने समन्वय गर्ने अनुगमन गर्ने गर्छ । नेपालमा नेपाल अटोमोबिल संघ (नासा नेपाल) एफआईएको सदस्य संस्थाको रुपमा रहेको छ ।

एफआईए कन्फ्रेन्स

यही विश्वको सर्वोच्च निकाय एफआईएको विशेष साधारण सभा र एएफआईए कन्फेरेन्स विक भर्खरै मकाउमा सम्पन्न भएको छ । जसमा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईको नेतृत्वमा चार सदस्यीय नेपाली डेलिगेट्स नेपालबाट सहभागी भएका थिए ।

नेपाली डेलेगेट्सले एएफआईए कन्फेरेन्स, विशेष साधार सभामा सहभागिता जनाउने देखि लिएर विभिन्न फोरमहरू, वर्कसप, छलफल लगायतमा आफ्नो दरिलो उपस्थिति जनाएको थियो ।

यस्तै एफआईएका अध्यक्ष मोहम्मद सुल्तान बेन सुलायम देखि एएफआईए सिनेट प्रेसिडेन्ट र एएफआईएका विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग साइड मिटिङ छलफल समेत गरेको थियो ।

‘जुन दोस्रो साता मकाउमा भएको फआईए कन्फेरेन्समा अटोमोबाइल, मोटर स्पोर्ट्स, रोड सेफ्टी, मोबिलिठी र ड्राभिइङ टुरिजम लगायत विविध विषयहरूमा छलफल भयो । मोटर स्पोर्ट्स यसमा आएका परिवर्तनहरु देखि ग्रासरुटसम्मको विषयमा पनि छलफल गर्‍यौं’ वर्ल्ड काउन्सिल मेम्बर समेत रहेका निर्देशक भट्टराईले भने ।

साथै नयाँ र कमजोर सदस्यहरूलाई ज्ञान बाँड्ने देखि स्तर उकास्नमा सहयोग गर्ने विषयमा पनि छलफल भएको उनले बताए । ‘नयाँ, कमजोर सदस्यहरूको स्तरोन्नतिको उपायहरू तथा मोबिलिटी आएको नयाँ सम्भावना र चुनौतीहरूको बारेमा पनि छलफल भयो । एफआईएको तर्फबाट त्यसलाई समाधान गर्ने र नलेज सेयर र ट्रान्सफर गर्ने कुराहरू पनि भयो’ उनले भने ।

कन्फेरेन्सबाट मोटरस्पोर्ट्स र टुरिजमको संयोजनको घोषणा भएको समेत भट्टराईले बताए ।

‘यस पटक वर्ल्ड काउन्सिल मिटिङ, एसिया प्यासिफिक क्षेत्रको मोटोर्सपोट्स क्यालेण्डर पारित, डिजिटल लाइसेन्सिङ सिस्टम, सीम रेसिङको टेक्निकल ट्रेनिङ, विशेष साधार सभा जस्ता कार्यक्रमहरू भयो,’ भट्टराईले भने, ‘अबको दशक मोटरस्पोंर्ट्स र ड्राइभ टुरिजमको दशक हुनेछ’ उनले भने ।

एएफआईए कन्फेरेन्समा एफआईएको १४९ सदस्य देशको २५० भन्दा बढी क्लबहरू मेम्बरहरू रहेकोमा १४९ फेडेरेसका करिब तीन सय भन्दा बढी प्रतिनिधिको उपस्थिति रहेको भट्टराईले जानकारी दिए ।

यस्तै एफआईएको डेपुटी प्रेसिडेन्टको निर्वाचन देखि आगामी आगामी साधारण सभा र निर्वाचनको घोषणा समेत भएको थियो । निर्वाचन बउने डिसेम्बरमा उज्वेकिस्तानको तास्केन्तमा हुने तय छ ।

एफआईएका अध्यक्ष (दाँयामा बोल्दै)

यस्तै नासा नेपालका कार्यकारी निर्देशक भट्टराई एसिया प्यासिफिक कार्य समिति बैठकमा कोषाध्यक्षको रुपमा सहभागी भएका थिए । एसिया प्यासिफिक (रिजन टु) को कार्यसमितिको निर्वाचन आउने अक्टोबरमा थाइल्याण्डमा हुने तय छ ।

एफआईए साधारण सभामा टुरिजममा पनि फोकस भयो । जसमा साउदी अरबमा युएनडब्लुटिओको कार्यक्रम गर्ने र दिगो पर्यटनमा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको भट्टराईले जानकारी दिए ।

स्मरण रहोस् एफआईए अध्यक्ष बेन सुलेहान युएनडब्लुटिओका एम्बासडरसमेत हुन् ।

एफआईए कन्फेरेन्समा नेपालले युनाइटेड अगेइन्स्ट अनलाइन अब्युज फोरममा पनि विश्वव्यापी गाइडलाइन प्रस्तुतीकरणमा नेपाल पनि सहभागी भएको थियो । नेपालमा नासा नेपालले नै यो कार्य गर्दै आएको छ ।

इसानसँग सहकार्य गरेर नासा नेपालले गत वर्ष यस सम्बन्धि काम गरेको थियो । त्यसलाई कन्फेरेन्समा उदाहरणको रुपमा प्रस्तुत गरिएको भट्टराईले बताए ।

एफआईएका अध्यक्ष (बीचमा) सँग नेपालका डेलिगेटहरू

नेपालमा मोटरस्पोर्ट्सको सम्भावना

मोटरस्पोर्ट्सका लागि नेपालमा अझैसम्म पनि आवश्यक निति भौतिक पूर्वाधारहरू बनिसकेको छैन । तैपनि नेपालमा मोटरस्पोर्ट्स अन्तर्गत विभिन्न र्‍याली, रेस प्रतियोगिताहरू, सिम रेसिङ, गो कार्ट जस्ता इभेन्टहरू आयोजना हुँदै आएका छन् ।

त्यसमध्ये पछिल्लो समयमा सबैभन्दा चर्चित विधाको रुपमा सिम रेसिङ रहेको छ । ‘यो मोटर स्पोर्ट्स भित्रको इ स्पोर्ट्स इभेन्ट हो । नेपालमा यसको अत्याधिक सम्भावना छ र युवाहरू पनि यसमा आकर्षित भइसकेका छन्’ नासा नेपालका निर्देशक भट्टराई भन्छन्, ‘सन् २०२३ मा पहिलो पटक भएको इ स्पोर्ट्स ओलम्पिकमा नेपाल पनि सिम रेसिङमा सहभागी भएको थियो।’ त्यो बेला नेपालबाट जे मास्केले सहभागिता जनएका थिए ।

भट्टराईले एफआई कन्फ्रेन्समा सिम रेसिङको बारेमा ठूलो छलफल भएको थियो ।

एफएआई कन्फ्रेन्समा नेपालमा सिम रेसिङको अवस्थामा र सम्भावनाको बारेमा एफआईए अध्यक्ष मोहम्मद बेन सुलायमसँग पनि छलफल भएको भट्टराईले जानकारी दिए । ‘नेपालमा सिम रेसिङ प्रतियोगिता सञ्चालन गर्नका लागि सुलायम सकारात्मक हुनुहुन्छ । यसमा सहकार्य गर्ने विषयमा छलफल भयो । यसको अन्तिम निर्णय हुन बाँकी छ’ उनले भने ।

यस्तै एसिया प्यासिफिक मोटोरस्पोर्ट्स च्याम्पियनसिप आगामी सेप्टेम्बरमा श्रीलंका आयोजना हुँदैछ । एसियाली स्तरको यो मोटोरस्पोर्ट्समा नेपालले पनि सहभागिता जनाउने भट्टराईले जानकारी दिए । ‘यसमा कम्तीमा तीन विभामा हामीले सहभागिता जनाउने लक्ष्य छ । श्रीलंकामा हुने च्याम्पियनसिपमा सिम रेसिङ, कार्टिङ र अटोजिमखानमा सहभागिता जनाउनेछौं ।’

तीन विधामा ६ खेलाडी र २ अफिसययल गरी कम्तीमा ८ जना सहभागी गराउने नासा नेपालको तयारी रहेको छ ।

यस बाहेक पनि एसियाका उज्वेकिस्तान लगायत अन्य देशमा आयोजना हुने अटो जिमखाना (फोर ह्विलर)मा पनि सहभागिता जनाउने तयारी रहेको भट्टराईले जानकारी दिए ।

अबको बाटो

नासा नेपालले नेपालमा मोटर स्पोर्ट्सका विभिन्न गतिविधि देखि इभेन्टहरू सञ्चालन गर्दै आएको र अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागिता जनाउँदै आएको छ ।

यसलाई निरन्तरता दिँदै अटोमोबाइल ड्राइभ टुरिजम, सिम रेसिङ, मोबिलिटी, रोड सेफ्टी जस्ता विधिध क्षेत्रमा समेत यसले काम गर्दै आएको छ ।

यसलाई अझै प्रभावकारी ढंगले अगाढि बढाउने एएफआईएमा विभिन्न सदस्य राष्ट्रहरूसँग भएको छलफल सकारात्मक रहेको र बगामी दिनमा त्यसलाई कार्यान्वयनको दिशामा अघि बढ्नुपर्ने नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।

‘एफआईएको कन्फेरेन्सको अवसरमा विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग विभिन्न विषयमा छलफल भएको छ । अब त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने मुख्य विश्ष हो’ भट्टराईले भने ।

चीनको फेडेरेसनको प्रतिनिधि झाङ ताओसँग साइड मिटिङमा नेपालदेखि ल्यासासम्म एउटा र्‍याली गर्ने विषयमा छलफल भएको भट्टराईले बताए । ‘हामीले राखेको प्रस्तावमा उनीहरू सकारात्मक छन् र आउने वर्षबाट ट्रान्स हिमालनय र्‍याली (ल्हासा-लुम्बिनी-ल्हासा) गर्ने विषयमा छलफल भयो र त्यसका लागि तयारी गर्ने मोटामोटी सहमति भएको छ’ उनले भने ।

यस्तै नासा नेपालको समन्वयनमा इभीको रिसर्च गर्ने र त्यसमा एफआईएको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको भट्टराईले जानकारी दिए ।

एफआईए सिनेट प्रेसिडेन्टसँग टुरिजमको विषयमा कुराकानी भएको र स्पेनमा रहेका नेपाली राजदुतसँग छलफल गरेर यसका लागि हजकर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेको भट्टराईले बताए ।

यसैगरी अगष्ट पहिलो साता नेपालमा पोलिसि डाएलग फर अटोमोबिल एण्ड मोबिलिटी गर्नेका लागि केहि प्रतिनिधिहरूसँग छलफल भएको र यसमा सकारात्मक देखिएको भट्टराईले जनाए ।

यस्तै एन्डोराको प्रतिनिधिसँग ड्रोन सम्बन्धि संयुक्त कार्यक्रम गर्ने विषयमा छलफल भएको र त्यसमा अटोमोबिल क्लब डे एन्डोराबाट सकारातमक जवाफ आएको पनि भट्टराईले बताए ।

विदेशमा जस्तै सरकारको सहयोग र निति नियम हुने हो भने नेपालमा पनि मोटर स्पोर्ट्स क्षेत्रमा धेरै काम गर्न सकिने नासा नेपालका निर्देशक भट्टराईले बताए । ‘विदेशमा फर्मुला वान जस्ता ग्राँ प्रि इभेन्टहरू गर्न सरकारले पनि सहयोग गर्छ । सिंगापुर, मोनाको, अजरवैजानको बाकु जस्ता रेसमा सरकारै इनभल्भमेन्ट हुन्छ,’ भट्टराईले भने, ‘सडकमा हुने रेसहरूको सरकारले नेतृत्व गर्दासंघहरूले लाइसेन्स दिने काम मात्र गर्ने र समन्वय गर्ने काम मात्र गर्छ’ उनले भने ।

मोटर स्पोर्टका इभेन्टहरू एक्सट्रिम स्पोर्ट्समा पर्ने भएकोले यसले विदेशीहरूलाई नेपालमा आकर्षित गर्न सकिने र त्यसमार्फत नेपालको टुरिजमलाई समेत प्रमोट गर्ने सकिने भट्टराई बताउँछन् ।

मोटरस्पोर्ट्स खेल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय