+

रेस्लर भगवतीलाई पाकिस्तानमा उपाधि

२०८२ असार  ८ गते २१:४२ २०८२ असार ८ गते २१:४२
रेस्लर भगवतीलाई पाकिस्तानमा उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी भगवती खड्का पाकिस्तानको कराँचीमा भएको महिला रेस्लिङको उपाधि जितिन्।
  • उनीहरूले वल्र्ड बुक अफ रेकर्ड्समा नाम समावेश गराइन् र नेपाल महिला रेस्लिङ फाउन्डेसनको अध्यक्ष हुन्।
  • भगवतीले स्वदेश र विदेशमा करिब ४० प्रतिस्पर्धा गरेकी छन् र ‘एभरेष्ट डे’ मा अमेरिकी रेस्लरलाई पराजित गरिन्।

८ असार, काठमाडौं । नेपालकी भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरइडब्लु रेस्लिङको महिला सिंगल्स म्याचमा उपाधि जितेकी छन् ।

रेस्लिङमा युनिका उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरिन् । भगवतीका अनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलोपटक भएको हो ।

२०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसंग प्रतिस्पर्धा गरेकी छन् । अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छन् । भगवतीले भारत र जापानमा खेलेकी थिइन् ।

सम्मानका अवसरमा कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् । आरइडब्लु रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो ।

भगवतीको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश गरिएको छ । भगवती आफै अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा नाम समावेश गरिएको हो ।

गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् ।

भगवती खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय