News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको हाप्किडो टोली किर्गिस्तान प्रस्थान गरी असार १० र ११ गते प्रतियोगितामा भाग लिनेछ।
- नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले प्रतियोगिता किर्गिस्तान हाप्किडो महासंघको आयोजनामा हुने बताए।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरे।
८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय हाप्किडो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय खेलाडी टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको छ ।
असार १० र ११ गते हुने प्रतियोगितामा समिर गुरुङ, राजेन्द्र तामाङ र सरोज गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगिता किर्गिस्तान हाप्किडो महासंघको आयोजनामा हुन लागेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4