+

एसडब्लुएससी एसइइ बास्केटबलमा ५० टिम

२०८२ असार  ८ गते २२:३७ २०८२ असार ८ गते २२:३७
एसडब्लुएससी एसइइ बास्केटबलमा ५० टिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउथ वेस्टर्न स्टेट कलेजले ८ असारदेखि एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आयोजना गर्दछ।
  • प्रतियोगितामा ५० टिम सहभागी हुने र विजेताले छात्रवृत्ति सहित नगद पुरस्कार पाउने व्यवस्था छ।
  • खेलहरू बसुन्धरास्थित कोर्टमा दुई दिन सञ्चालन हुनेछ।

८ असार, काठमाडौं । साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को आयोजनमा एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ५० टिमको सहभागिता रहने आयोजकका क्याम्पस चिफ डा. राजेन्द्र केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिम सहभागी हुने छन् । ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगदसहित प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि पाउने प्रोग्राम डाइरेक्टर गणेश महराले जानकारी दिए ।

विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी हरेक खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले बताइन् । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजकको कोर्टमा खेलाइने छ ।

एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय