
News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस महामन्त्री गगन थापाले सूचना प्रविधिलाई सम्पूर्ण क्षेत्रसँग जोड्न आवश्यक भएको बताए।
- उनले प्रविधिले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार ल्याउन सक्ने बताए।
- उनले सबै क्षेत्रलाई छुट्टै होइन, एकै ठाउँमा राखेर छलफल गर्नुपर्ने सुझाव दिए।
९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले एउटा क्षेत्रको रुपमा मात्र नहेरी अब आईटीलाई सम्पूर्ण क्षेत्रसँग जोडेर हेर्ने बेला आएको बताएका हुन् ।
‘नेपालमा हामी छुट्टै कृषिको कुरा गरिरहेका हुन्छौँ । स्वास्थ्य, शिक्षाको छुट्टाछुट्टै कुरा गरिरहेका छौँ । मानौँ, त्यो चाहिँ छुट्टै संसार हो,’ थापाले भने, ‘अनि आईटीमा काम गरिरहेकाको चाहिँ अर्को छुट्टै संसार भन्ने ठान्छौँ । त्यो हैन । आईटी भनेको त कृषि, स्वास्थ्य, शिक्षामा कसरी प्रविधि लाने भन्ने विषय हो ।’
जस्तो, ‘शिक्षा क्षेत्रमा गणित र विज्ञानमा ठूलो समस्या छ भनेपछि सायद प्रविधिले त्यसलाई सहज बनाउन सक्छ कि ? यसबीचको खाडल भर्न सक्छ कि ? हाम्रो स्वास्थ्यमा जनशक्तिको एकदम ठूलो समस्या छ भनेपछि त्यहाँ प्रविधि प्रयोग गर्न सक्छौँ कि ? भनेर सोच्ने बेला आएको’ थापाले बताए ।
‘सेक्टर छुट्टाएर हैन, यी सबैलाई एकैठाउँ राखेर काम गर्नुपर्छ । छलफल गर्नुपर्छ,’ थापाले भने ।
प्रतिक्रिया 4