+
+
Shares

एमआरपी लेबल नलगाउने ब्युटिफुल वाल्सलाई साढे २ लाख बढी जरिबाना

विभागले सोमबार नियमित अनुगमन अन्तर्गत काठमाडौं महानगरपालिका–१६ मा रहेको उक्त कम्पनीलाई २ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको ब्युटिफुल वाल्स प्रालिलाई २ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • एमआरपी लेबल नराखेको, रिलेबलिङ गरेको, र गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि कारबाही गरिएको हो।
  • विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी १० कम्पनीलाई कागजात पेश गर्न र ६ कम्पनीलाई व्यावसायिक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ।

९ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ब्युटिफुल वाल्स प्रालिलाई साढे २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागले सोमबार नियमित अनुगमन अन्तर्गत काठमाडौं महानगरपालिका–१६ मा रहेको उक्त कम्पनीलाई २ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

उक्त कम्पनीले आफ्ना उत्पादनमा एमआरपी लेबल नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

विभागले सोमबार १७ वटा उद्योग तथा फर्मको अनुगमन गरेको छ । अनुगमन क्रममा १० कम्पनीलाई उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै ६ वटा कम्पनीलाई सामान्य तथा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम व्यावसायिक मापदण्ड पूरा गरी व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?