
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ ।
- ९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति बनाएको हो।
- समितिलाई ३० दिनको समय दिइएको छ।
९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले अनलाइनखबरलाई बताए ।
उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध भइरहेको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाएको थियो ।
सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।
नेकपा एमालेसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो भने राप्रपा र रास्वपाले अवरोध गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4