
१० असार, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८३ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाको १८औं अधिवेशनबाट पारित बजेटमा भौतिक पूर्वाधारभन्दा कृषिलाई प्राथमिकतामा राखिएको छ । बजेटमा प्रस्तुत गर्दै उपाध्यक्ष कान्ता अधिकारीले कृषि तथा पशुपालन, पर्यटन विकास जस्ता विषयमा बजेट विनियोजन गरेको बताइन् ।
चालु आर्थिक वर्षको तुलनामा दुई करोड ७० लाख ९७ हजार कम बजेट सार्वजनिक भएको बताउँदै गाउँपालिका अध्यक्ष नारायाणबहादुर कार्कीले भौतिक पूर्वाधारभन्दा नागरिकको जीवनस्तर उठाउने गरी नीति तथा कार्याक्रम बनाएर बजेट ल्याइएको बताए ।
अध्यक्ष कार्कीले एक टोल एक बगैँचा निर्माणका लागि ‘एक बोट, सयको नोट’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।
मोडेल फर्महरु निर्माण गर्नका लागि यो योजना अघि सारेका छौं अध्यक्ष कार्कीले भने, ‘कृषि क्षेत्रमा वन्यजन्तुले दिएको समस्या समाधान गर्नका लागि फलफूलजन्य र डिबुटीजन्य वनस्पतीको रोपण अभियानलाई प्राथमिकतामा राखेर कम्तीमा ५० देखि १०० वटा बोट लगाएर बगैँचा निर्माण गर्ने किसानलाई अनुदान दिने र त्यही बगैँचाबाट उनीहरुलाई आयस्रोत बढाउने योजना रहेको छ ।
एउटा टोलमा पाँच हजारदेखि १० हजारसम्म बोट लगाएमा आगामी पाँच आगामी पाँच वर्षमा कम लागतमा बढीभन्दा बढी आम्दानी गर्न सक्ने बनाउने योजना पालिकाको रहेको अध्यक्ष कार्कीले बताए ।
आउने वर्षदेखि एउटा वडामा कम्तीमा पाँच हजार बिरुवा रोपण गर्ने योजना रहेको र सोको लागि पालिकाले अुदानको व्यवस्थापन गर्ने अध्यक्ष कार्कीले बताए ।
पालिकाले कृषिसंगै पशुपालन तथा पर्यटन पर्वधनका लागि योजना अघि सारेको छ । यस्तै पालिकाभित्रका अति विपन्न, दलित र ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, अकबरे खुर्सानी, टनेल खेती, एक टोल एक उत्पादन कार्यक्रम, खनौ आफ्नो माटो छोडौं विदेशको बाटो, बाझो जग्गालाई प्रयोग गरी कृषि गर्नेलाई विशेष अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले बताए ।
प्रतिक्रिया 4