+
+
Shares

सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट थनुवाले हाम फाले

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १२:३२

१० असार, काठमाडौं । माइतीघरस्थित सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट एक जना थुनुवाले हाम फालेका छन् ।

हाम फाल्ने व्यक्ति चोरीको कसुरमा पक्राउ परेका रामेछाप घर भएका मदन बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

८ असारमा म्याद थपका लागि लगिएको बेला उनी तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।

तर, हाम फाल्ने क्रममा घाइते भएपछि उनी भाग्न भने पाएनन् । लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो । हाम फाल्ने क्रममा उनको खट्टासमेत भाँचिएको एसपी बोहराले बताए । घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।

उनी चोरी आरोपमा पक्राउ परेका थिए । यसअघिका अन्य चोरीका घटनाहरुमा समेत उनको संलग्नता हुनसक्ने बताइएको छ । चोरीको आरोपमा उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ परेर म्याद थपका लागि लगेको थियो ।

जुन घरमा चोरीको आरोपमा उनी पक्राउ परे त्यही घरमा यसअघि पनि चोरी भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?