+
+
Shares

शंकरदास बैरागीमाथि स्वर्णिम वाग्लेले उठाए गम्भीर प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा का उपसभापति स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शंकरदार बैरागीमाथि प्रश्न उठाए।
  • उनले भने, ‘विगत दस वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ।’
  • वाग्लेले बैरागीलाई घोटालासँग जोड्दै गम्भीर आरोप लगाए र समिति गठनप्रति असन्तुष्टि व्यक्त गरे।

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शंकरदार बैरागीमाथि प्रश्न उठाएका छन् ।

वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

शंकरदार वैरागीप्रति आफ्नो कुनै आग्रह र पुर्वाग्रह नरहेको उल्लेख गर्दै वाग्लेले मंगलबार प्रतिनिधि सभामा भने, ‘विगत दश वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्रमा सचिव बन्नुभयो । तीन वर्ष मुख्यसचिव बन्नुभयो र रहस्यमय ढंगले मुख्युससचिवबाट बर्हिगमन हुनुहुन्छ, राष्ट्रिय सुरक्षा सल्लाहाकार बन्नुहुन्छ । त्यसपछि अर्का मुख्य सचिव आउनुहुनुन्छ । त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्धारा रचिएको घोटालाहरू भएका छन् । त्यसैले शंकरदार वैरागी अहिलेका निगाहाप्राप्त नेताहरूको गुटबक्समा रहनुपर्ने, स्वार्थको द्धन्द्धबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिनुहुन्न ।’

वैरागीप्रति यति गम्भीर आरोप लगाएर उनले गृहमन्त्री लेखक नै शंकाको घेरामा रहेको बताए । उनै गृहमन्त्रीको प्रस्तावमा वैरागीको नेतृत्वमा छानबिन समिति बनाएकाले आफूहरूलाई अस्वीकार्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?