+
+
Shares

शंकरदास बैरागी आफैं अनुसन्धानको राडारमा छन् : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताए।
  • उहाँले बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको र स्वच्छ छानबिन गर्न नसक्ने बताए।
  • वाग्लेले बैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र भएको र घोटालासँग जोडिएको आरोप लगाए।

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले शंकर दास बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको पात्र भएको बताए । ‘अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट झेलिएका पात्र हुनुहुन्छ । यो,’ वाग्लेले भने, ‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ । सक्षम निकायहरूको राडारमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’

बैरागी स्थायी सत्ताको प्रीय पात्र १० वर्षदेखि रहेको उनले बताए ।

‘विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्र सचिव बन्नुभयो, तीन वर्ष मुख्य सचिव बन्नुभयो र रहस्यमय ढंगले उहाँको बहिर्गमन हुन्छ मुख्यसचिवबाट, राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ,’ वाग्लेले भने, ‘त्यसपछि उहाँ एक–दुई दिनमा निवृत्त हुन लागेका अर्का मुख्य सचिव आउनुहुन्छ । र, त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरू भएका छन् ।’

जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बनाउनुपर्ने माग रास्वपाको रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?