+

टिडिएस मोटर र्‍याली र बागमती अटो जिमखाना शनिबार हुने

२०८२ असार  १० गते १४:३५ २०८२ असार १० गते १४:३५
टिडिएस मोटर र्‍याली र बागमती अटो जिमखाना शनिबार हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती अटो जिमखाना र टिडिएस मोटर र्‍याली आगामी शनिबार काठमाडौंमा आयोजना हुनेछ।
  • सो र्‍यालीमा ३२ गाडीसहित ७७ जना ड्राइभर सहभागी हुनेछन्, जसमा १८ जना दक्ष मार्शल पनि रहनेछन्।
  • र्‍यालीको विजेताले नगद २ लाख पुरस्कार र ट्रफी प्राप्त गर्नेछन्, साथै शीर्ष ३ स्थानले एसियन अटो जिमखानामा छनोट हुनेछन्।

१० असार, काठमाडौं । बागमती अटो जिमखाना तथा टिडिएस मोटर र्‍याली आगामी शनिबार हुने भएको छ ।

बागमती अटोमोवाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोर्टस क्लव जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने सो मोटर र्‍याली तथा अटो–जिखाना कम्पीटीसनमा कुल ३२ गाडीसहित कुल ७७ जना खेलाडी (ड्राईभर्स) को सहभागिता रहनेछ । जहाँ १८ जना दक्ष मार्शल परिचालित हुनेछ आयोजकले जनाएको छ ।

बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग रहने सो र्‍याली रोयल टुलिप काठमाडौं, ग्वार्को ललितपुरबाट शुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुदै बनेपास्थीत चण्डेश्वरी ड्राइभिङ स्कूलमा पुगेर समापन हुनेछ ।

समय–दुरी–गति (टिडीएस) सिस्टममा हुने सो र्‍याली पश्चात् सोहि ड्राइभिश्र स्कूलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिनेछ जसको लागी आकर्षक अस्थायी सर्किट निमर्ण गरिनेछ । नगद २ लाख प्राइज पुल रहेको सो इभेन्ट र्‍यालीको विजेताहरूले शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर पाउनेछन् ।

यस्तै अटोजिमखानामा शीर्ष ३ स्थानमा रहनेहरुका लागि नगद २ लाख पुरस्कार छुट्याइएको छ । कूल यस्तै अटोजिमखानका विजेताहरु एसियन अयोजिमखानाको लागी छनोट हुनेछन् । जहाँ ५ भन्दा ज्यादा महिला ड्राइभर सहभागी भएमा वेस्ट फिमेल ड्राइभर्स अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

उपत्यकाकै आकर्षक र्‍याली रुटमा हुने तथा नेपालकै आकर्षक र भब्य ड्राइभिङ सेन्टरमा पहिलोपटक हुन गइरहेको यस प्रतियोगीताको उद्घाटन प्रदेशका आर्थिक मामिला मन्त्रीबाट तथा समापन र पुरस्कार वितरण बागमती प्रदेशका सदस्य सचिवबाट हुनेछ ।

रोयल टूलिप काठमाडौँ, चण्डेश्वरी ड्राइभीङ स्कुल, अटो नेपाल म्यागजीन, मोटरिङ नेपाल तथा यति प्लास्टीक बनेपा यस कार्यक्रमका मुख्य पार्टनरको रुपमा रहनेछन् ।

सहभागी दर्ता शुल्क दुवै इभन्टको लागि ५ हजार राखिनएको छ भने एक इमेन्टमा मात्र भाग लिनेले ३ हजार मात्र बुझाउनु पर्नेछ । र्‍याली टिममा २ जना ड्राइभर रहने छन् भने रेसिङमा एक-एक जना मात्रको प्रतिष्पर्धा रहनेछ ।

समय–दुरी–गतिको आधारमा निर्णय गरिने र्‍याली विश्वकै मोटर स्पोर्टसको लोकप्रिय विधा हो भने अस्थाई रूपमा तयार गरिएको सर्ट–सर्किटमा हुने रेसिङ स्किल, स्पीड र एडभेञ्चरको संयोजन हो ।

नेपाल अटोमोवाइल्स एसोसिएसनद्वारा स्विकृत यस इभेन्टमा संघको मार्शल तथा ट्रेनिङ कमिसनद्वारा प्राविधिक जनशक्ती परिचालन गरिनेछ ।

अन्तर्राष्ट्रिय सहभागिता, महिला शक्तिकरण, ड्राइभ टुरिज र एडभेञ्चयर स्पोर्टको संयोजन रहेको यस इभेन्टमा कुल १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

टिडिएस मोटर र्‍याली बागमती अटो जिमखाना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय