+

फुटबलर प्रीति राईबारे बन्यो गीत, विनोद र मेलिनाको स्वर

२०८२ असार  १० गते १४:२५ २०८२ असार १० गते १४:२५
फुटबलर प्रीति राईबारे बन्यो गीत, विनोद र मेलिनाको स्वर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विनोद खाम्बुले युट्युबमार्फत नेपाली महिला फुटबलप्रति समर्पित गीत सार्वजनिक गरे।
  • गीतले प्रीति राई र अन्य महिला खेलाडीहरूको संघर्ष र प्रेरणालाई उजागर गर्दछ।
  • गीतमा शब्द, संगीत रचना विनोद खाम्बुले गरेका हुन् र स्वरमा विभिन्न कलाकारहरू छन्।

१० असार, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार मिडफिल्डर प्रीति राईलाई केन्द्रित गरेर एक नयाँ गीत सार्वजनिक भएको छ।

विनोद खाम्बुले युट्युब च्यानलमार्फत प्रीति राई- नेपाल र नेपालीको लागि बोलको गीत सार्वजनिक गरेका हुन् । गीत नेपाली महिला फुटबलप्रति समर्पित रहेको र विशेषगरी  रूपमा निर्माण गरिएको जनाइएको छ।

गीतमा गायक विनोद खम्बूले शब्द र संगीत रचना गरेका छन् भने स्वरमा विनोदसँगै मेलिना राई, महेन्द्र राई, दीपा सुहाङ, दीपा तामाङ र मनिषा राईले साथ दिएका छन्।

गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङको जिम्मा संगीतकार राजु कार्कीले सम्हालेका छन्।

यो गीत महिला खेलकुदप्रति सम्मान व्यक्त गर्न र महिला फुटबल खेलाडीहरूको संघर्ष तथा प्रेरणालाई उजागर गर्न बनाइएको हो।

गीतमार्फत राष्ट्रिय टोलीकी डिफेन्डर प्रीति राईको खेलप्रतिको समर्पण, योगदान र प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ।

त्यस्तै अन्य महिला खेलाडीहरू पनि समावेश गरिएका छन् ।

प्रीति राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय