
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसद्मा प्रस्तुत बजेटप्रति सत्तारुढ दलका सांसदहरू नै सन्तुष्ट हुन नसकेको बताएका छन् ।
‘बजेट कार्यक्रम निर्विवाद हुँदैन तर, यहाँ अधिकांश माननीयजीहरू सन्तुष्ट हुनुहुन्न’ बस्नेतले संसद्मा बोल्दै भने ।
दलहरूले ह्वीप लगाउँदा पनि धेरै सांसदहरू अनुपस्थित भएर विमत्ति प्रकट गरेको उनको भनाइ थियो ।
‘सत्तारुढ दलहरूको ह्वीपका बाबजुत थुप्रै माननीयजीहरूले अनुपस्थित भएर विमत्ति प्रकट गरिरहनुभएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4