१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय उर्जा तथा जलस्रोत विभागको प्रमुखमा श्रीराम न्यौपानेलाई नियुक्त गरेको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले उर्जा तथा जलस्रोत विभागको प्रमुखमा न्यौपानेलाई मंगलबार पदीय जिम्मेवारीको पत्र दिएका हुन् ।
असार ४ गते बसेको सचिवालयको बैठकको निर्णय अनुसार न्यौपानेलाई मनोनित गरेको बुर्लाकोटीले जानकारी गराए ।
न्यौपाने पेशाले इन्जिनियर हुन् । न्यौपानेले नागढुङ्गा सुरुङमार्गको प्रोजेक्ट डाइरेक्टर भई काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4