
News Summary
Generated by OK AI. Editorially reviewed.- सियोलमा यससाता बहुप्रतीक्षित कोरियाली सिरिज र फिल्महरू ओटीटी प्लेटफर्ममा आउनेछन्।
- ‘स्क्विड गेम’ को तेस्रो र अन्तिम सिजन २७ जुनदेखि नेटफ्लिक्समा प्रसारण हुनेछ।
- अर्का सिरिजहरूमा ‘हेड ओभर हिल्स’, ‘लभ फोबिया’, र ‘सलोन दे होम्स’ जस्ता कथाहरू समावेश छन्।
सियोल । दक्षिण कोरियाली फिल्म र सिरिज पछ्याउने दर्शकलाई यससाता निकै रोचक हुनेवाला छ । किनकी ओटीटी प्लाटफर्ममा यससाता बहुप्रतीक्षित सिरिज र फिल्म आउँदैछन् ।
शुक्रबारदेखि ‘स्क्विड गेम’को तेस्रो तथा अन्तिम सिजन नेटफ्ल्क्सिमा आउँदैछ । विश्वभर नै प्रतीक्षा गरिएको यो सिरिज नेपाली दर्शकमाझ पनि प्रतीक्षित छ ।
हल्का फ्यान्टासी र प्रेमकथा रुचाउने दर्शकको लागि ‘हेड ओभर हिल्स’, र ‘लभ फोबिया’ पनि आउँदैछन् । समग्रमा, यससाता रोमान्स, थ्रीलर, ड्रामादेखि रहस्यका कथासम्मका कोरियाली सिरिज आउनेछन् । हेर्नूस सूची :
हेड ओभर हिल्स (२३ जुन)
कोरियाली फ्यान्टासी ड्रामा ‘हेड ओभर हिल्स’ मा हाईस्कुलकी एक छात्रा शम्यानको कथा प्रस्तुत गरिएको छ, जसले आफ्नो मन पराएको केटालाई मृत्युको भविष्यवाणीबाट बचाउन प्रयास गर्छे । चो यि ह्युन र चु यङ उ मुख्य भूमिकामा देखिने यो शृंखला रहस्य, प्रेम र आत्मबलको कथासँग भरिएको छ । यो नयॉं रोमाञ्चक श्रृंखला २३ जुन बाट सुरु हुँदैछ ।
‘स्क्विड गेम’ सिजन ३ (२७ जुन)
दर्शकमाझ तहल्का मच्चाएको ‘स्क्विड गेम’ अब आफ्नो तेस्रो तथा अन्तिम सिजनमा प्रवेश गर्न लागेको छ । लि जुंग जे र लि ब्युङ हुनबीचको अन्तिम टकराव, नयाँ खेल, नयाँ संघर्ष र भावनात्मक उथलपुथलले यो सिजन थप रोचक हुने अपेक्षा गरिएको छ । नेटफ्लिक्समा २७ जुनदेखि प्रसारण हुने यो शृंखला सन् २०२५ को सबैभन्दा बहुप्रतिक्षित के-ड्रामामध्ये एक हो ।
लभ फोबिया (२७ जुन)
‘लभ फोबिया’मा एउटा प्रविधि कम्पनीको सीईओ (किम ह्युन जिन) र एक रोमान्स उपन्यासकी लेखिका (योन उ) को कथा देखिन्छ, जसले एउटै एपमा सहकार्य गर्ने क्रममा प्रेम र द्वन्द्वको अनुभव गर्छन् । लभ-हेट रिलेसनसिप र प्रविधि संसारको पृष्ठभूमिमा बनेको यो सिरिज यु प्लस मोबाइल टिभी र हाइ टिभीमा २७ जुन मा आउनेछ ।
सलोन दे होम्स (जुन २३- २४)
समाजका समस्या सुल्झाउने एक अनौठो टोलीको कथा हो ‘सलोन दे होम्स’ । लि सी यङ र जङ यङ जु मुख्य भूमिकामा रहेका यो शृंखलामा टोलीले आफ्ना छिमेकीको समस्या समाधानमा सामूहिक प्रयास गर्छ । एपिसोड ३ र ४ इएनए च्यानलमा २३ र २४ जुन मा स्ट्रिम हुँदैछन् ।
हन्टर विथ अ स्काल्पेल (२३-२६ जुन)
सिरियल किलिङको रहस्य सुल्झाउने कथा लिएर आएको छ ‘हण्टर विथ अ स्काल्पेल’ । काङ हुन र पार्क जु ह्युनको जोडीले अपराधको भयानक चक्रभित्र पसेका पात्रको कथा बुनेको छ । एपिसोड ६ देखि ९ सम्म डिज्नी र यु प्लस मोबाइल टिभी र मा २३ देखि २६ जुन सम्म हेर्न सकिन्छ ।
द वुमन हू स्वालोड द सन (२३-२७ जुन)
‘द वुमन हू स्वालोड द सन’मा एक आमाको न्याय खोजीको कथा छ, जसले आफ्नो छोरीका लागि शक्तिशाली चाबोल परिवारसँग बदला लिन्छिन् । चाङ सिन यङले मुख्य भूमिका निर्वाह गरेकी यो शृंखला कोचोवा मा २३ देखि २७ जुन सम्मका एपिसोड आउँदैछन् ।
आवर मुभी (२७-२८ जुन)
चलचित्र निर्माणको दौरानमा बढ्दै गएको प्रेमको कथा हो ‘आवर मुभी’ । जन यो बिन र नामगुङ मिन अभिनित यो शृंखलामा सृजनात्मकता र भावना सँगसँगै अगाडि बढ्छ । एपिसोड ५ र ६ २७ र २८ जुन मा प्रसारण हुनेछ ।
स्प्रिङ अफ युथ (२५ जुन)
‘स्प्रिङ अफ युथ’मा ब्याण्ड सुधार गर्ने संघर्ष र अधुरो प्रेमको कथा छ । हा यु जुन, पार्क जी हु र ली सेउङ ह्युपको अभिनय रहेको यो शृंखला २५ जुन मा प्रसारण हुनेछ ।
द फस्र्ट नाइट विथ द ड्यूक (२५-२६ जुन)
यो प्रेमकथामा ओक टेक यनको पात्रले सियो ह्युनलाई बचाउन अनेक संघर्ष गर्छ । त्यस क्रममा उनीहरूबीचको प्रेम अझै गहिरिन्छ । एपिसोड ५ र ६ २५ र २६ जुनमा रिलिज हुँदैछन् ।
ओ माई घोस्ट क्लायन्ट्स (२७-२८ जुन)
जङ क्युङ हो, सोल इन आ र चा हाक यनले आत्माहरूको कानुनी मुद्दा सुल्झाउँदै जीवनको अर्थ खोज्ने कथा हो ‘ओ माई घोस्ट क्लायन्ट्स’ । एपिसोड ९ र १० २७ र २८ जुनमा आउनेछन् ।
गुड ब्वाई (२८-२९ जुन)
‘गुड ब्वाई’ मा पार्क बो गम र उनकी टोलीले अपहरणमा परेकी किम सो ह्युनलाई बचाउने साहसिक मिशनमा लाग्छन् । यो सिरिज २८ र २९ जुन मा स्ट्रिम हुनेछ ।
आवर अनरिटन सोल (२८-२९ जुन)
पार्क बो यङ अभिनीत यो शृंखलामा दुई जुम्ल्याहा पात्रले जिनयङ र र्यु क्युङ सुसँगको सम्बन्ध सम्हाल्ने प्रयास गर्छन् । प्रेम, पहिचान र आत्मसंघर्षको कथा बोकेको यो ड्रामा २८ र २९ जुन मा नेटफ्लिक्समा आउनेछ ।
प्रतिक्रिया 4