+
+
Shares

विशेष अदालतको इजलास २ मा माधव नेपालको बयान जारी

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा विशेष अदालतको इजलास २ मा नेपालको बयान चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा पतञ्जलि जग्गा प्रकरणमा बयान दिन उपस्थित भएका छन्।
  • इजलास २ मा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला छन्।
  • आज थुनछेक बहस हुने तयारी छ।

११ असार, काठमाडौं । विशेष अदालतमा उपस्थित पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान चलिरहेको छ ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा विशेष अदालतको इजलास २ मा नेपालको बयान चलिरहेको हो ।

इजलास २ मा विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला छन् ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । यही मुद्दामा बिहीबार अदातलमा उपस्थित हुन पाउँ भन्दै नेपालले मंगलबार अदालतमा निवेदन दर्ता गराएका थिए ।

बयान सकेर आजै थुनछेक बहसको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?