
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
- मंगलबारको तुलनामा आज सुनको भाउ १ हजार ५ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर २ हजार १४० रुपैयाँमा कारोबार भएको छ।
११ असार, काठमाडौं । सुनचाँदीको भाउमा आज बुधबार पनि गिरावट आएको छ ।
मंगलबार तोलाको १ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4