
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
- प्रहरीले दुर्घटना भएको बसको चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
- सामान्य उपचारपछि सबै घाइतेहरूको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।
११ असार, काठमाडौं । काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
अरनि राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट मेलम्ची तर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए ।
बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य उपचारपछि सबै घाइतेहरूको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4