+
+
Shares

राष्ट्र बैंकलाई संघकाे सुझाव : ‘कर्जा सीमा बढाऊ, डिजिटल काराेबार शुल्क परिमार्जन गर’

घरजग्गा कारोबारमा आएको मन्दीलाई चलायमान बनाउनका लागि ५० प्रतिशतको कर्जा सीमालाई बढाएर ७० प्रतिशत पुर्‍याउनु पर्ने संघको सुझाव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ उद्योग व्यापार सङ्घले मौद्रिक नीतिका लागि डिजिटल शुल्क परिमार्जन गर्न माग गरेको छ।
  • संघले घरजग्गा कर्जा सीमा ५० प्रतिशतबाट ७० प्रतिशत पुर्‍याउन र ब्याजदर स्थिर राख्न राष्ट्र बैंकसँग आग्रह गरेको छ।

११ असार, विराटनगर । डिजिटल कारोबारमा बैङ्क र डिजिटल वालेट कम्पनीले लिने शुल्क परिमार्जन गर्न मोरङ उद्योग व्यापार सङ्घले माग गरेको छ ।

आर्थिक वर्ष २०८२–८३ का लागि ल्याउने मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा संघले एक हजारसम्मको कारोबार निःशुल्क गर्दै १ लाखसम्म कारोबारको १० रुपैयाँ शुल्क लिने व्यवस्थापन गर्न माग गरेकाे हाे ।

संघले १ लाखदेखि माथिको डिजिटल कारोबारमा २० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गर्न पनि माग गरेको छ । डिजिटल कारोबारमा कर हटेपनि अनलाइन ट्रान्फर गर्दा १० रुपैयाँ शुल्क लाग्छ ।

संघले आर्थिक सुस्तता र उद्योग–व्यवसायमा देखिएका समस्या समाधान गर्नका लागि पुँजी बजार, घरजग्गा कारोबार, कर्जा प्रवाहमा सहजता ल्याउन माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै संघले मौद्रिक नीतिमा घरजग्गा कर्जाको सीमालाई ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेकोछ । घरजग्गा कारोबारमा आएको मन्दीलाई चलायमान बनाउनका लागि ५० प्रतिशतको कर्जा सीमालाई बढाएर ७० प्रतिशत पुर्‍याउनु पर्ने संघको सुझाव छ ।

उद्योगहरूका लागि चालु पुँजी कर्जाको ब्याजदर स्थिर पुँजी कर्जाको भन्दा कम हुनुपर्ने माग गरेको छ । उत्पादनमूलक उद्योगका लागि निर्धारित कर्जाको ८० प्रतिशत चालु पुँजीका रूपमा उपलब्ध गराउनुपर्ने र साना तथा मझौला उद्योगको कर्जा सीमा २ करोडबाट बढाएर ५ करोड बढाउन संघले माग गरेको छ ।

सङ्घले अत्यधिक बैङ्क बिदाले उद्योग–व्यवसायमा प्रतिकूल असर परेको भन्दै साप्ताहिक बाहेक वार्षिक अधिकतम १३ दिन मात्र बैङ्क बिदा दिने नीति ल्याउन राष्ट्र बैँकलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?