+
+
Shares

दही चिउरा प्रवर्द्धन कार्यक्रममा कृषि मन्त्रीले भने- मलको हाहाकार छ, हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १४:२९
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको अभाव र आपूर्ति समस्या रहेको बताए।
  • मन्त्री अधिकारीले राज्यको आर्थिक अभावले किसानलाई समयमा मल पुर्‍याउन नसकिएको बताए ।
  • मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरू रहेको बताए ।

१२ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

नेपाल डेरी एसोसिएसनले विहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् ।

उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टनमात्र मल आएको जानकारी दिए ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको तर्क गरे ।

उधारो दूध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको दुःखेसो मन्त्री अधिकारीले गरे ।  ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उधारो दूध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने ?’ उनले प्रश्न गरे ।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन,’ उनले भने, ‘बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ ।’

एक चौथाई मात्र मल आयात हुँदा किसानलाई पुर्‍याउन नसकिएको उनको तर्क थियो । ‘एक चौथाइ मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउनसक्छौँ ? सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ,’ उनले भने ।

धेरै समस्याका बीचमा खुसी मानेर सबैका बीचमा उभिनुपर्ने अवस्था रहेको मन्त्री अधिकारीले बताए ।

‘हामीले जुनसुकै पेशा र व्यवसाय गरौँ । कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ,’ उनले भने, ‘एउटा भैँसी र गाई पाल्न पनि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरूलाई धोका नदिऔँ  ।’

मन्त्री अधिकारीले मन्त्री भएर पनि केही गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु,’ उनले भने, ‘यदि हामीसँग आर्थिक सीमितता, आर्थिक संकुचन थिएन भने धेरै चिज गर्थ्यौं ।’

मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरू रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?