+
+
Shares

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसईईको नतिजा प्रकाशनको तयारीका लागि आज परीक्षा बोर्डको बैठक आज बस्दैछ तर समय भने निश्चित भइसकेको छैन ।
  • परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताए।
  • २०८१ को चैतमा भएको एसईई परीक्षामा जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’

सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?