+
+
Shares

प्रधानमन्त्रीको स्पेन भ्रमण अर्थहीन : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १०:५४
Photo Credit : फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई फजुल खर्चबाहेक केही नभएको टिप्पणी गरे।
  • साहले प्रधानमन्त्रीको भ्रमणलाई अर्थहीन र आवश्यक नभएको बताए र गत वर्षको विदेश भ्रमणलाई पनि आलोचना गरे।
  • प्रधानमन्त्री ओली चार दिने स्पेन भ्रमणका लागि १६ असारमा प्रस्थान गर्ने तयारीमा छन्।

१२ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

वीरगञ्जमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री अर्थहीन भ्रमणका लागि स्पेन जान लागेको बताएका हुन् ।

‘युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू लावालस्कर सहित विदेश जानुको कुनै अर्थ छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढीपहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओली चार दिने स्पेन भ्रमणका लागि १६ असारमा प्रस्थान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?