
News Summary
Generated by OK AI. Editorially reviewed.- सहमति अनुसार निजी विद्यालयलाई सेवामूलक र गैर नाफामूलक बनाउने निर्णय भयो।
- बिहीबारको समिति बैठकमा निजी विद्यालय सञ्चालनबारे सांसदहरूबीच दुई धारमा विभाजित भएका थिए ।
- कांग्रेस र एमाले सांसदहरूले निजी विद्यालयलाई कम्पनी वा गुठीमा राख्नुपर्ने सुझाव दिएका थिए।
१३ असार, काठमाडौं । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो ।
सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको समितिका एक सदस्यले जानकारी दिए ।
विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा बिहीबार निजी विद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा समितिमा दुई धार देखिएको थियो ।
बिहीबारको समिति बैठकमा समितिमा कांग्रेस र एमालेका सांसदले निजी विद्यालयलाई कम्पनीमा रहन अथवा गुठीमा जान दुवै सुविधा दिनुपर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4