+
+
Shares

धनुषामा दुई दिने आँप मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा दुई दिवसीय आँप मेला आयोजना हुनेछ।
  • मेला १४ र १५ असारमा आयोजना गरी उत्पादित आँपको प्रवर्द्धन र पर्यटन विकास गर्ने उद्देश्य छ।
  • मेला घुम्न आउने पर्यटकलाई नि:शुल्क आँप खुवाउने र आँप टिप्ने अनुभव दिलाउने कार्यक्रम समावेश छ।

१३ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा दुई दिवसीय आँप मेला आयोजन हुने भएको छ ।

उत्पादित आँपलाई प्रवर्द्धन, बाजारिकरण तथा पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले दोस्रोपटक चित्रपुरबासीले १४ र १५ असारमा आँप मेला आयोजन गर्न लागेको हो ।

चित्रपुरका किसान मुख्य खेती आँप हो । यहाँ हरेक किसानको आफ्नै आँप बगैँचा छ । तीन सयविघा भन्दा बढी क्षेत्रफलमा रहेको आँप खेती रहेको छ । चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुन लागेको “चित्रपुर आँप मेला महोत्सव – २०८२“मा आँपका विभिन्न प्रकारका अचार, अमोट, आमिल, जुस प्रदर्शन गर्ने तयारी गरिएको प्रदीप महतोले बताए ।

स्थानीय समेत रहेका संचारकर्मी फुलगेन मगहीका अनुसार मेला घुम्न आउने पर्यटकलाई नि:शुल्क आँप खुवाउने, बगैंचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने, र विद्यार्थालाई विभिन्न जातका आँप चिनाउने कार्यक्रम रहेको छ । सशुल्क इच्छाअनुकूल रुखबाटै ताजा आँप किनेर लग्न सक्ने सुविधा हुने स्थानीय समेत रहेको आयोजकले जनाएको छ ।

आँप पकेट क्षेत्र बटेश्वर गाउँपालिकाको चित्रपुर पूर्व पश्चिम राजमार्गको धनुषाको मिथिला नगरपालिका स्थित ढल्केबर र जमुनिबासबाट नजिकै मात्र ४ किलोमिटरको दुरीमा छ । चित्रपुर मधेशमै धेरै आँप उत्पादन हुने क्षेत्रको रूपमा परिचित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?