+
+
Shares

चार उद्योग निजीकरण गर्न ‘डीडीए’ गर्दै अर्थ मन्त्रालय

अर्थले योग्य परामर्शदाता कम्पनीबाट ती चार उद्योगको वित्तीय, प्राविधिक, भौतिक तथा कानुनी पक्ष अध्ययन गरेर डीडीए गर्न आशयपत्र माग गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले चार सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकन गर्न आशयपत्र माग गरेको छ।
  • परामर्शदाता कम्पनीले वित्तीय, प्राविधिक, भौतिक र कानुनी अध्ययन गरी प्रतिवेदन पेस गर्नुपर्नेछ।
  • आशयपत्र बुझाउने कम्पनीले आठ साताभित्र अन्तिम प्रतिवेदन पेश गर्नुपर्नेछ।

१३ असार, काठमाडौं । अर्थ मन्त्रालयले पूर्णसरकारी स्वामित्वका चार उद्योग निजीकरण गर्न ती सबैको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने भएको छ ।

अर्थले नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड र जनकपुर चुरोट कारखाना लिमिटेडको डीडीए गर्न परामर्शदाता छनोटका लागि आशयपत्र माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

अर्थले योग्य परामर्शदाता कम्पनीबाट ती चार उद्योगको वित्तीय, प्राविधिक, भौतिक तथा कानुनी पक्ष अध्ययन गरेर डीडीए गर्न आशयपत्र माग गरेको जनाएको छ ।

अर्थका अनुसार प्रतिस्पर्धाका आधारमा परामर्शदाता छनोट गरिने छ । डीडीए गर्दा उद्योगका चल–अचल सम्पत्ति र ब्रान्डको भिन्नाभिन्नै मूल्यांकन गरिने छ ।

त्यसैगरी बैंक ऋण, ब्याज र भुक्तानी अवस्था, कर्मचारी दायित्व, कर, रोयल्टी लगायत चार उद्योगका सम्पूर्ण दायित्वको विवरण पनि मूल्यांकन गरिने अर्थले जनाएको छ ।

आशयपत्र बुझाउने परामर्शदाता कम्पनीले काम थालेको ८ साताभित्र अन्तिम प्रतिवेदन पेस गर्नुपर्ने छ । प्रारम्भिक प्रतिवेदनपछि अर्थ मन्त्रालयले कुल रकमको २० प्रतिशत र अन्तिम प्रतिवेदनपछि ८० प्रतिशत भुक्तानी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?