News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोली शारीरिक र मानसिक रूपमा तयार भएको बताए।
- उनले प्रतियोगिता राम्रो हुने अपेक्षा व्यक्त गर्दै हरेक पल इन्जोय गर्ने बताएका छन्।
- उनले टोलीमा बाहिरी लिग खेल्ने खेलाडी पनि रहेको र आवश्यक अनुसार प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरे।
१४ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी एसियन कप छनोटका लागि नेपाली टोली शारीरिक र मानसिक दुवै रूपले तयार भएको बताएका छन् ।
शनिबार आयोजित प्रि म्याच कन्फेरेन्समा वाइल्डले प्रतियोगिता राम्रो हुने बताए । ‘अपेक्षा भनेको त जित्ने नै हुन्छ’ उनले मुस्कुराउँदै भनेका थिए, ‘राम्रो प्रतियोगिता हुन्छ भन्ने अपेक्षा छ । हामी हरेक पल इन्जोए गर्नेछौं’ उनले भने ।
‘मैले पनि मेरो टिम २ साताअघि मात्र भेटेको हूँ, फुटबलमा सबैभन्दा राम्रो पक्ष भनेको उच्च स्तरको अन्तर्राष्ट्रिय खेल खेल्नु नै हो । शारीरिक र मानसिक रूपमा तयार छौं । हामी हाम्रो तर्फबाट बेस्ट दिनेछौं’ उनले अगाडि थपे ।
उनले नेपाली टोलीमा बाहिरी लिग खेल्ने खेलाडी पनि भएको बताउँदै आवश्यकता अनुसारको प्रदर्शन गर्न सक्ने खेलाडी भएको आफुले विश्वास राखेको बताए ।
त्यस्तै अन्य प्रशिक्षक पनि सहभागी कन्फेरेन्समा उज्बेकिस्तानका प्रशिक्षकले कुनैपनि विपक्षीको बारेमा एनालाज गर्दा प्रशिक्षक र खेलाडीहरूबारे पनि हेर्नुपर्ने बताइन् । उनले टिमभित्र सबैजना जरैदेखि एकजुट हुनुपर्ने धारणा पनि राखिन् ।
प्रतिक्रिया 4