+

राष्ट्रिय महिला ह्याण्डबलको उपाधि एपीएफलाई

२०८२ असार  १४ गते १९:१९ २०८२ असार १४ गते १९:१९
राष्ट्रिय महिला ह्याण्डबलको उपाधि एपीएफलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जित्यो।
  • फाइनलमा एपिएफले आर्मीलाई ३१–१७ ले पराजित गर्‍यो।
  • प्रतियोगितामा ८ टिमले भाग लिएका थिए र दुर्गा बोहोरा सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

१४ असार, पोखरा । गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।

फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपीएफले कोशी प्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो ।

फाइनलअघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्‍यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।

असार १२ गतेदेखि १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमती प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थियो । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन् । यस्तै एपीएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

राष्ट्रिय महिला ह्याण्डबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय