+
+
Shares

मदन भण्डारीलाई चार वटा श्रीमती र सहकारी ठगको आरोप लगाइयो : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते २०:२८

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारीलाई उपेक्षा गर्नेगरी बोलेका छन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा ओलीले मदनको व्यक्तिगत प्रसंग निकालेका थिए । त्यस सन्दर्भमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको शृङ्खला नै ओलीले प्रस्तुत गरे ।

‘उसबेला पनि मदन भण्डारीलाई भनेकै हो, फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेर । मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन,’ ओलीले भने, ‘भूमिगत काम गरेको धेरै वर्ष भएको थियो । संगठनात्मक काम गरेको धेरै वर्ष भएको थियो ।’

मदन भण्डारीलाई लागेको आरोप भन्दै ओली यतिमै रोकिएनन् । चारवटी श्रीमती र सहकारी ठगजस्ता आरोपको प्रसंग निकाले ।

‘चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ? अनेक दुर्बाच्य बोलिए,’ ओलीले भनेका थिए, ‘सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो । कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’

मदन भण्डारीमाथि झुटा लाञ्छनाको श्रृङ्खला नै चलेको पनि ओलीले सम्झिए । ओलीले मदन भण्डारीमाथि लागेको व्यक्तिगत लाञ्छनाहरुको प्रशंग मात्र उठाएनन् ।

मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरे । ओलीको भनाइ अनुसार मदन भण्डारी महासचिव बन्न मानिरहेका थिएनन्, बनाइएका थिए ।

जनताको बहुदलीय जनवाद (जबज) को श्रेय पनि मदन भण्डारी एक्लैमा नजाने ओलीको तर्क थियो । पाँचौं राष्ट्रिय महाधिवेशनमा पार्टी महासचिवका हैसियतमा मदन भण्डारीले प्रस्तुत गरेको जबज त्यसअघि (चौथों महाधिवेशनमा) नै आइसकेको ओलीले बताएका थिए ।

उक्त महाधिवेशनमा झलनाथ खनाल महासचिव भएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?