+
+
Shares

मनमैजुको होटलमा एक पुरुषको शव भेटियो

तारकेश्वर नगरपालिका–११ मनमैजुका एक होटलमा पुरुषको शव भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिका–११ मनमैजुस्थित राप्ती फेन्सी होटलमा ३५ वर्षीय पुरुषको शव भेटिएको हो।
  • मृतक नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम हुन् र प्रहरीले अनुसन्धान गरिरहेको छ।
  • घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१५ असार, काठमाडौं । तारकेश्वर नगरपालिका–११ मनमैजुका एक होटलमा पुरुषको शव भेटिएको छ ।

मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो । होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?