+
+
Shares

दिगो वित्त प्रवर्द्धन गर्न लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंक र आईएफसी बीच साझेदारी सम्झौता भएको छ।
  • सम्झौतामा बैंकका सीईओ अजय शाह र आईएफसीका मेहदी चेरकाउईले हस्ताक्षर गरे।
  • साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच साझेदारी सम्झौता भएको छ । बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासका लागि आईएफसीसँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।

यो साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने बैंकको भनाइ छ ।

यस्तै जलवायु वित्त र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुई मुख्य क्षेत्रमा आफ्नो पहल केन्द्रित गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?