+
+
Shares

कांग्रेसले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ।
  • बैठकले भ्रातृ संगठनहरूको समय थप्ने, राजनीतिक समीक्षा, बजेट र विदेश सम्पर्क समितिको मजबुतीकरणमा छलफल गर्नेछ।

१५ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि एजेन्डाहरू तय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिका छलफलका एजेन्डाहरू तय गरेको हो ।

बैठकले भ्रातृ संगठनहरूलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारदेखि सुरु हुँदैछ ।

केन्द्रीय समिति बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै केन्द्रीय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउनेबारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने उनले बताए ।

उनले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए ।

संस्थाको आवश्यकताको आधारमा समय दिनेबारेमा छलफल हुने उनले बताए । साथै क्रियाशील सदस्यहरूको स्थितिबारेमा पनि छलफल हुनेछ ।

‘भोलिदेखि केन्द्रीय समिति बैठक बस्दैछ । केही दिन चल्छ । केही समयको ग्यापपछि केन्द्रीय समितिको बैठक भएको हुनाले यसमा भ्रातृ संगठनको समय थप्नेबारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक विषयको समीक्षा हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?